बाटो हामीले होइन, प्रधानमन्त्रीले मोड्नु भो : लिङ्देन

140
0
Share:

काठमाडौँ/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सबैलाई सरकारमा लिएर जाने व्यवस्था नभएको भन्दै प्रधानमन्त्रीले बाटो फेरेको बताए । उनले आफूहरूले धोका नदिएको भन्दै प्रधानमन्त्रीले धोका दिएको दाबी गरे ।

‘सबैलाइ सरकारमा लिएर जाने, सबैलाई भागबण्डा गरेर जाने यो व्यवस्थाले परिकल्पना गरेको कुरा होइन,’ उनले भने, ‘हामीलाई समेत जानकारी नदिई तपाई जानु भो, बाटो त तपाईले मोड्नु भो, हामीले धोका दिएको हैनौँ धोका त तपाईले दिनु भो !’

अध्यक्ष लिङ्देनले राप्रपा र एमालेले सरकार छाडेकाले काम गर्न पाइएन भन्ने कुरा गलत भएको बताए । उनले आफूहरू सरकारमा हुँदा उर्जा क्षेत्रमा ठूलो प्रगति भएको बताए ।

Share: