लामिछानेविरुद्ध अख्तियारमा उजुरी दर्ता(उजुरी सहित)

614
0
Share:

काठमाडौँ/राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । लामिछानेलाई राहदानी मुद्दामा शक्तिका आडमा उन्मुक्ति दिइएको भन्दै अधिवक्ता युवराज पौडेल सफलले अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।उनले जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एवम् कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

 

अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता जोगाउनकै लागि सरकारवादी मुद्दाबाट सफाइ दिने गरी महान्यायधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने पनि उनले बताए ।महान्यायाधिवक्ताको कार्यालयले लामिछानेले राहदानी दुरुपयोग गरेको मुद्दा नचलाउने निर्णय गरेको थियो ।

निवेदन पनि हेनुहोस् :

Share: