सालकको खपेटा सहित रामेछाप घर भएकी श्रेष्ठ पक्राउ

187
0
Share:

काठमाडौँ/टोखा नगरपालिका ११ गोंगबु मनमैजु पुलबाट अन्दाजी साढे दुई केजी तौलको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक महिला पक्राउ परेकी छन् ।

 

पक्राउ हुनेमा रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेकी छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

 

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले सञ्चालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँसहित फेला पारेको थियो ।

Share: