प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी गर्ने ३ जना पक्राउ
काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध बानेश्वरमा नाराबाजी भएको छ ।५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले प्रचण्डबिरुद्ध नाराबी गर्दै बिरोध जनाएका थिए । त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए ।दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले मूल्यवृद्धि खारेज गर्, नालयक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन,७७ जिल्लाका युवा एक हौं भन्दै नाराबाजी गरेका थिए । … Continue reading प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी गर्ने ३ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed