घट्यो सुनको भाउ(यस्तो छ आजको कारोबार दर)

252
0
Share:

काठमाडौँ/ सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले घटेर बुधबार छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैैयाँमा किनबेच भएको थियो ।बुधबार तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको ५ रुपैयाँले घटेर बुधबार प्रतितोला १३ सय ३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Share: