दुवईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बिक्री भएकी चेलीको उद्दार

180
0
Share:

काठमाडौँ/ माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की कल्पना (परिवर्तित नाम)लाई मानव तस्करीका गिरोहले दुवईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बिक्री गरेका थिए ।

 

उक्त मानव तस्कर गिरोहमा वर्ष ३२ का दीपक मगर, वर्ष ३० को मौसम, वर्ष ३५ को पाकिस्तानी नागरिक समीर, मिना डोल्मा लगायतको संलग्नता रहेको पीडितले बताएकी छन् ।कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन् । उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरुले उनलाई प्रलोभनमा पारी दुबई पुर्याएर बिक्री गरेको खुल्न आएको हो ।

 

उनलाई मानव तस्कर गिरोहले गत माघ २ गते एयर अरेबियाको जहाजमार्फत दुबई पुर्याएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्याउन आफैं पुगेकोसमेत खुल्न आएको छ ।घटनाको जानकारी पाएका स्वीडेन नागरिक जोनाथन र जोन अबलेन लभ नेपालको अध्यक्ष बालकृष्ण पाण्डे र माइती इन्डियाकी निर्देशक पुजा पाण्डेलाई उद्दारका लागि अनुरोध गरेका थिए ।

 

सोही बमोजिम बालकृष्ण र पुजाको संयुक्त टिमले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरीको मानव बेचविखन तथा अनुसन्धान वियुरोको आवश्य समन्वयमा उनको उद्दार गरिएको हो ।

 

Share: