
काठमाडौँ/ फिदिम नगरपालिकाको स्वास्थ्य शाखामा सह संयोजकको रुपमा कार्यरत प्रवेश कुमार श्रेष्ठ मृत फेला परेका छन् । धनकुटाको चौबिसे गाँउपालिका १ छ नम्बर बुधबारे बजारमा घर भएका श्रेष्ठ केही बर्षदेखि फिदिम नगपालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए ।
बिहिबार अबेर सम्म कार्यालयमा हाजिर नभएपछि खोजि गर्दा श्रेष्ठलाई उनी सुत्ने कोठाको ओछ्यानमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले जानकारी दिए ।
फिदिम नगरपालिका ४ स्थित गीता गुरुङको घरमा कोठा लिएर श्रेष्ठ बस्दै आएका थिए ।प्रहरीका अनुसार उनी सुत्ने कोठाको दैलो भित्रबाट लक गरिएको थियो ।
फोन गर्दा नउठेको र कोठामा हेर्न जाँदा ढोका नखुलेपछि ढोका खोलेर हेर्दा सुतिरहेको अवस्थामा श्रेष्ठलाई बिहिबार मृत अवस्थामा भेटिएको थियो । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।