न्युनतम साझा कार्यक्रम बनाउन चार दलको बैठक , बालुवाटारमा जारी
काठमाडौँ/ सत्ता साझेदार मुख्य चार दलले सरकारका न्युनतम साझा कार्यक्रम बनाउन छलफल सुरु गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा नेकपा माओवादी केन्द्रको तर्फबाट उपमहासचिव शक्ति बस्नेत, कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र जसपाका नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्। ११ दलको समर्थन जुटाएर विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको न्युनतम साझा कार्यक्रम टुंग्याएर मन्त्रिपरिषद् विस्तारको योजनामा छन्। चार नेताको छलफल अघि गठबन्धनमा रहेका दलका शीर्ष नेताबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो। कांग्रेस प्रमुख सचेतक लेखकले मन्त्रिपरिषद्बारे छलफलको सुरुवात भएको र सहमतिमै सबै विषय टुंगिने जानकारी दिए।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed