सरकारमा जाने र बारा २ मा उम्मेदवारी दिने लोसपाको निर्णय

189
0
Share:

काठमाडौँ/लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले दश दलीय गठबन्धनमा भाग लिएर सरकारमा जाने निर्णय गरेको छ ।बिहिबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकमा लोसपाले यस्तो निर्णय गरेको हो । कार्यकारिणी समितिको बैठक पछि संचारकर्मीहरुसँग कुरा गर्दै नेता शरदसिंह भण्डारीले अहिलेको गठबन्धनलाई पाँच बर्षसम्म टिकाएर लैजाने बताए ।

 

उनले सरकारमा जान गठबन्धन दलसँग कुरा गर्ने जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको जानकारी दिए ।उनले भने, ‘जनताले चुनावबाट गठबन्धनलाई अनुमोदन गरेका थिए । तर, सरकार बन्ने बेलामा राजनीति ट्रयाक बाहिर गयो । अहिले ट्रयाकमा फर्केको छ। यसलाई पाँच बर्षसम्म जोगाएर लानुपर्छ ।’

 

यस्तै, बैठकले पार्टीलाई नयाँ शिराबाट विकास गर्नको लागि संगठनलाई सदृणिकरण अभियान चलाउने बताए । उनले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ मा लोसपाले पनि उम्मेदवारी दिने बताए ।‘मधेश प्रदेश हाम्रो आधार भूमि हो । त्यो भएकाले हाम्रो भूमिका रहन्छ नै । हामी गठबन्धन दलको सदस्य पनि हौं ।

 

यो गठबन्धन निर्वाचनको लागि बनेको हाृेइन। पार्टी विस्तार गर्न र आफ्नो प्रभाव क्षेत्र हेर्नको लागि पनि स्वत उम्मेदवारी रहन्छ नै’ उनले भने ।

Share: