वडा अध्यक्षलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ ल्याईयो

Share:

काभ्रे / काभ्रेपलाञ्चोक जिल्लाको कर्णाली भनेर चिनिने डाडापारि क्षेत्रमा रहेको खानीखोला गाउपालिका वडा न ३ का वडा अध्यक्षलाई स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ। यो बर्षौ देहि ड़ाडापारि बासीले भोग्दै आएको समस्या हो। पालिकाको नजिकै कुनैपनि सुबिधा सम्पन्न अस्पताल नहुदा र पक्कि सडक सम्म पनि नहुदा इमर्जेन्सी विमारी हुदा सदैब यसैगरी हेलिकप्टर मार्फत उपचारका लागि लैजानु परेको घटना प्रसस्त हुने गरेको छ।

 

खानीखोला गाउपालिका वडा न ३ का वडा अध्यक्ष सागर जिम्बाको स्वास्थ्यमा समस्या देखिएपछि जिम्बालाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।आज विहान एक्कासी स्वास्थ्यमा समस्यादेखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौ लगिएको खानीखोला गाउँपालिका वडा न ४ वडा अध्यक्ष निसान मोक्तानले जानकारी दिए।

 

वडा अध्यक्ष लामाको पेटमा समस्या देखिएको छ । अहिले काठमाण्डौ स्थित केएमसी अस्पतालको एमर्जेन्सी वार्डमा राखेर उपचार भैरहेको छ । एम्बुलेन्स मार्फत अस्पतालसम्म पुर्याउन निकै समय लाग्ने र समस्या हुने भएकाले हेलिकप्टर चार्टर गरिएको वडा अध्यक्ष मोक्तानले बताए।

 

खानीखोला गाउँपालिका आउजाउ गर्न यातायातको सहज पहुँच छैन् । भएको कच्ची सडक बाट ल्याउदा झन् समस्या हुन् सक्ने आकलन पछि वडा अधक्क्ष जिम्बालाई हेलिकप्टर मार्फत उपचार गर्न लगिएको बताईएको छ। पालिका नजिकै सुविधायुक्त अस्पताल समेत नहुँदा खानीखोला गाउँपालिकाका अधिकांश एमर्जेन्सी बिरामीलाई हेलिकप्टरबाटै अस्पताल पुर्याउनु पर्ने बाध्यता छ ।

 

Share: