
काठमाडौँ/नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्विरोध निर्वाचित भएका छन्। शनिबार काठमाडौँमा भएको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकी सुचित्रा श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पराजुली निर्वाचित भएका छन् ।
उपाध्यक्षमा सुभाष गजुरेल र महिला उपाध्यक्षमा दीपशिखा खड्का चयन भएका छन्। महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी, अमृतमान महर्जन छन्। सह-सदस्य पदमा भएको निर्वाचनमा सीमा गुरुङ र रामकुमार श्रेष्ठ निर्वाचित भएका छन्।