
काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेल गोरखा दरबार पुगेका छन् । राष्ट्रपति पौडेल आज प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न गोरखा पुगेका हुन् ।
उनी नेपाली सेनाको हेलिकप्टरबाट आज १० बजे गोरखा पुगेका थिए । मन्दिरमा पूजा अर्चना र दर्शन गरेर उनी करिब दुई घण्टा गोरखामा रहेर फर्कने कार्यक्रम सहित त्यहाँ पुगेको बताइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।