
काठमाडौँ/ह्वावेद्वारा आयोजित स्प्रिङ्ग न्यू प्रोडक्ट लन्च इभेन्टमा कम्पनीले ह्वावे पी६० सिरिज, मेट एक्स ३, इन्जोय ६०, ह्वावे वाच अल्टिमेट र अन्य डिभाइसहरू लन्च गरेको छ। ह्वावे डिभाइस बीजीका चिफ अपरेटिङ अफिसर हि ग्याङ्गले बैठकपछि सञ्चारमाध्यममा प्रश्नोत्तरको क्रममा ह्वावेले नयाँ फोन रिलिज गरे लगत्तै एप्पलको बजार हिस्सा घट्ने बताएका छन्।
वास्तवमा, ह्वावेको पछिल्लो प्रयासले आईफोनको भन्दा धेरै तहहरुमा उच्च स्तरको विशेषज्ञता प्रदान गर्ने दाबी गरेको गीगचाइनाले रिपोर्ट गरेको छ।ह्वावेको मोबाइल फोन सिग्नल र लेटन्सी आईफोन १४ प्रो म्याक्स भन्दा धेरै राम्रो रहेको भन्दै लिङसी कम्युनिकेसन टेकलाई धन्यवाद ज्ञापन गरेको बताइएको छ।
ह्वावे पी६० सिररिज टेन–स्टप एपर्चरको साथ उपलब्ध भएको र यस प्रविधिले क्यामरामा प्रवेश गर्ने प्रकाशलाई आईफोन १४ प्रो म्याक्सको तुलनामा १९१ प्रतिशतले बढाउने उल्लेख गरिएको छ। साथै डिभाइसमा सुपर–फोकस नाइट भिजन टेलिफोटो लेन्स पनि समावेश गरिएको बताइएको छ। यस लेन्सको क्षमता आईफोन १४ प्रो म्याक्सको तुलनामा ४८८ प्रतिशतले बढ्ने उल्लेख गरिएको छ। यी सबै प्रविधिहरू राम्रो भएको र यसको उपस्थितिले एप्पललाई पछि पार्ने ह्वावेको विश्वास रहेको बताइएको छ।
मोबाइल फोन बजारमा एप्पलको बलियो जग
यद्यपि, मोबाइल फोन बजारमा एप्पलको कत्तिको राम्रो प्रवृतिमा छ भनेर सजिलैसँग बेवास्ता गर्न नसकिने उल्लेख छ। एप्पलले हालै मात्र २३ प्रतिशत बजार हिस्सासहित विश्वको शीर्ष मोबाइल फोन ब्रान्डको रूपमा सामसङलाई उछिनेको छ। साथै, कम्पनीसँग ६०० अमेरिकी डलर र माथिको मूल्यको प्रमुख बजारको ७५ प्रतिशत सेयर रहेको छ। त्यसैले ह्वावेले भने जस्तो एप्पललाई पन्छ्याउन त्यति सरल नहुने बताइएको छ।
ह्वावेले फोल्डेबल स्क्रिनको साथमा सफलता हासिल गरेको छ। वास्तवमा भन्नुपर्दा एप्पलसँग अहिले त्यस्तो कुनै फोल्डेबल डिभाइस नभएको हुनाले एप्पल ह्वावे भन्दा कोशौं पछाडि रहेको उललेख गरिएको छ। आई रिसर्चको बजार अनुसन्धान डाटा अनुसार ह्वावेले अझै पनि चिनियाँ फोल्डेबल फोन बजारको आधा भन्दा बढी ओगटेको बताइएको छ।
हालको अवस्थामा ह्वावेले ५१ प्रतिश्त चिनियाँ फोल्डेबल फोन बजार ओगटेको उल्लेख गरिएको छ। त्यसैगरी दोस्रो स्थानमा रहेको सामसङले बजारको १८.८ प्रतिशत मात्रै ओगटेको बताइएको छ।