माओवादी मन्त्रीहरूले दिए राजीनामा , डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ सांसदको हस्ताक्षर

139
0
Share:

काठमाडौँ/लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट नियुक्त मन्त्रीहरुले राजीनामा दिएका छन्। मुख्यमन्त्री गिरी नेतृत्वको सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएको माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

 

नेकपा एमालेका नेता लीला गिरी नेतृत्वको सरकारबाट माओवादी मन्त्रीहरु बाहिरिएका हुन् ।माओवादी मन्त्रीहरुको राजीनामापछि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जना सांसदले हस्ताक्षर गरेका छन्।

 

चौधरीले आइतवारै दिउँसो १ बजे सरकारको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा जाने कांग्रेस नेताहरूले बताएका छन् ।कांग्रेस दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ सांसदको हस्ताक्षर तयार रहेको कांग्रेस प्रदेश सभापति अमर पुनले जानकारी दिए ।

 

Share: