बारा २ मा बैशाख १० मै निर्वाचनको घोषणा गरेको प्रति सिके राउतको असन्तुष्टि

151
0
Share:

काठमाडौँ/ जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा २ मा सांसद पद खाली भएको सूचना संसदमा जानकारी गराउन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा गरेकोमा असन्तुष्टि जनाएका छन् ।

 

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद राउतले आयोगको यो कदमले विश्वासनियतामाथि प्रश्न उठाएको बताए । उनले निर्वाचन आयोगलाई सरकारको तर्फबाट कुनै दबाब नराख्न समेत आग्रह गरेका थिए ।

 

 

Share: