
काठमाडौँ/ चितवनमा सेनाको ट्रक अनियन्त्रित भई पल्टिँदा ट्रकमा सवार तीनजना सेना घाइते भएका छन् ।आज दिउसो २ बजेर ५५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ मुग्लिन नारायणगढ सडक खण्डको घुमाउनेमा काठमाडौँबाट अम्लेखगञ्ज बाराको लागि हिँडेको भैरवनाथ गणको लु १ ग १०९ नम्बरको ट्रक दुर्घटना भएको हो ।
ट्रकमा सवार १४ जना मध्ये ३ जना मध्यम घाइते भई पुरानो मेडिकल कलेजमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ । हाल उक्त सडक खण्ड बाटो एक तर्फ सुचारु रहेको, र प्रहरी चौकी जुगेडीबाट प्रहरी टोली खटी गएको र ट्रक पन्छाउने कार्य भई रहेको छ ।