प्रचण्डको मति सप्रिन्छ कि भनेर मौका दिन खोजेको थिएँ : अध्यक्ष ओली

127
0
Share:

काठमाडौँ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डप्रति संकेत गर्दै मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिएको बताउनुभएकाे छ । आइतबार मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्डतर्फ संकेत गर्दै यस्तो बताउनुभएकाे हाे ।

 

‘दुईतिहाइका पार्टी फुटाए। फेरि अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो। मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो। तर, त्यसका बाबजुद हामीले देख्यौँ सरकार बनाएको भोलिपल्टबाट मैले हेरेँ चालमाल ठिक छैन। सरकार ढाल्न लागिरहेको छ,’ उहाँले भन्नुभयाे।

 

अध्यक्ष ओलीले सरकार ढाल्ने खेल खेलेपछि आफूहरूले देशलाई समृद्ध नेपाल र सुखी नेपाल बनाउने संकल्प गर्नैपर्ने बताउनुभयाे। अध्यक्ष ओलीले दुईतिहाइको पार्टी फुटाइएको बताउनुभयाे।

 

‘हामीले मिहिनेतले झण्डै दुईतिहाइका स्थिति बनायौँ। हामीलाई अहिले हटाइयो जालझेल गरेर। आवश्यकता एकतिर थियो। तर, संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो। तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मूल ढोकाबाट फेरि सिंहदरबार फर्किन्छौँ भन्ने मैले हामीलाई हटाउने बेलामा भनिएको थियो,’ उहाँले भन्नुभयाे।

 

Share: