अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी ?

काठमाडौँ/ गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर जारी भए पनि हालसम्म प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी अझै फरार छन् ।२०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि नै फरार रहेका कोइरी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ वाट निर्वाचित भएका हुन् ।   सुरक्षाकर्मी थमन विकको हत्या गरेको आरोप लागेका संसद कोइरी निर्वाचित भएपछी प्रहरीको आँखा छल्दै दुईपटक संसद भवन छिरेका थिए ।दुई दुईपटक संसदमा जाँदा पनि पक्राउ पर्न गर्न नसकेपछि चौतर्फी विरोध भएसँगै गृह मन्त्रालयले गत ६ माघमा सांसद कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, दुई … Continue reading अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी ?