
काठमाडौँ/बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी धनकुटा नगरपालिका ६ घर भई काठमाडौँ महानगर ११ बस्ने पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६५ वर्षीय महेन्द्र नारायण श्रेष्ठ रहेका छन् ।
उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा चार दिन कैद र १४ लाख ४८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर भैँसेपाटीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ ।