दुई नेताको राजीनामा स्वीकृत ,मन्त्रालय टुंगिएको केही घन्टामा मन्त्रीको नाम दिन्छौं : एकीकृत समाजवादी

132
0
Share:

काठमाडौँ/ नेकपा एकीकृत समाजवादीले पार्टीको उपाध्यक्ष केदार न्यौपानेको राजीनामा स्वीकृत गरेको छ ।पार्टी कार्यालय आलोकनगरमा म‌गलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुणामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

 

एकीकृत समाजवादीले कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । मंगलबार बसेको सचिवालय बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको थियो । बैठकमा नेताहरुले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलबारे जानकारी गराएका थिए ।

 

बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले सिट बाँडफाँट टुंगो लागिनसकेकाले मन्त्रीहरुको नाम टुंगो नलागेको बताए । ‘जति चाँडो नाम माग्नुहुन्छ, त्यति चाँडो बैठक बसेर नामहरु दिने छौं’, उनले भने, कम्तिमा ३ पाउनुप¥यो भन्ने हाम्रो दाबी छ, मन्त्रालयको टुंगो लागेको केही घण्टामा नाम दिन्छौं ।’

 

बैठकले केदार न्यौपाने र चुडामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको छ ।एकीकृत समाजवादीले मिटरब्याजीविरुद्ध काठमाडौंमा भइरहेको आन्दोलनप्रति समर्थन जनाएको छ र उनीहरुको माग तत्काल पुरा गर्न माग गरेको छ ।

 

Share: