भूगोल इनर्जी डेभलपमेन्टको आईपीओ चैत २७ गतेसम्म आवेदन दिन सकीने

Share:

काठमाडौँ/भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले सार्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो ।कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँको १० लाख ८८ हजार १०७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

 

बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिने छ ।

 

आईपीओमा न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन गर्न सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

Share: