
काठमाडौँ/ मदन भण्डारी सडक खण्डको शान्तिनगर स्थित प्रयाग मार्ग आलोकनगर जोड्ने आकाशेपुल निर्माण हुनुपर्ने भन्दै बागमती प्रदेशका जनप्रतिनिधि डेलिगेसन गएका छन्।प्रदेश सभा १(२) बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य सुरज चन्द्र लामिछानेको नेतृत्वमा स्थानीय व्यक्ति, संघ र संस्थाका प्रतिनिधिसहितको टोली काठमाडौं सडक डिभिजन कार्यालयमा डेलिगेसन गएको हो।
प्रदेश सांसद लामिछानेले मदन भण्डारी सडक खण्डको शान्तिनगर स्थित प्रयाग मार्ग आलोकनगर जोड्ने आकाशेपुल निर्माण हुनुपर्ने स्थानीयको माग सम्बोधन गर्न कार्यालय प्रमुख नारायण निउरेलाई ध्यानाकर्षण पत्र बुझाइएको बताए।
प्रमुख निउरेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको र मानवीय संवेदनशीलतालाई बुझेर योजना कार्यान्वयनको आवश्यकता पुष्टि गर्न पत्रले सहयोग गर्ने र यथाशीघ्र काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।