नेकपा एसले बोलायो आकस्मिक बैठक

126
0
Share:

काठमाडौँ/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आकस्मिक बैठक बोलाएको छन् ।बुधबार पार्टी कार्यालय आलोकनगरमा दिउँसो साढे १ बजे बस्नेगरी अध्यक्ष नेपालले सचिवालयको बैठक बोलाएका हुन् ।

 

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि सोहीअनुसार बैठक बोलाइएको बताइएको छ । बैठकले एक जनामात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।

 

स्रोतका अनुसार प्रचण्डले आज बेलुकासम्म जसरी पनि मन्त्री बन्ने एक जनाको नाम दिन भनेका छन् । तर, मन्त्रालय भने दुई वटा दिन सकिने र अर्को पछि मिलाउँदै जाने भनिएको छ । आजै बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले दुई चरणमा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

 

Share: