
काठमाडौँ/अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न ९ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।
राजधानीमा अवैध रुपमा कार्यालय नै सञ्चालन गर्दै ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी उनीहरुले टेलिग्राममा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
कार्यालयका अनुसर पक्राउ पर्नेमा ९ चिनियाँ र १० नेपाली रहेका छन् । उनीहरुलाई बूढानीलकन्ठ र चण्डोल क्षेत्रबाट पक्राउ गरिएको हो ।उनीहरूको साथबाट मोबाइल, ल्यापटपलगायतका सामाग्रीहरू बरामद भएको पनि प्रहरीले जनाएको छ ।
उनीहरूले ठगीमा प्रयोगरेको ७७ थान मोबाइलको सिम र ४ थान वाइफाइ राउटरका साथै केही नगद पनि प्रहरीले बरामद गरेको छ ।