
काठमाडौँ/ काभ्रेपलाञ्चोक जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्द प्रसाद घिमिरेमाथि हातपातको प्रयास भएको छ ।श्रेस्तेदार घिमिरेमाथि अधिवक्ता दिपक जंगमले हातपातको प्रयास गरेका हुन् । मुद्दाको विषयलाई लिएर जंगमले श्रेस्तेदार घिमिरेमाथि हिजो हातपातको प्रयास गरेको काभ्रे बारका अध्यक्ष विष्णु प्रसाद सापकोटाले जानकारी दिएका छन् ।
‘अधिवक्ताले श्रेस्तेदार घिमिरेमाथि हातपातको प्रयास गर्नुभएको हो । मुद्दाको विषयलाई लिएर अधिवक्ताले हातपातको प्रयास गरेका हुन् । यो ज्यादै दुःखद घटना हो । अदालतबाट पत्र आउनसाथ आकस्मिक बैठक बसेर अधिवक्ताका बारे काभ्रे बारले निर्णय लिनेछ ।’ अध्यक्ष सापकोटाले भन्नुभयो ।आर्थिक स्वार्थका कारण अधिवक्ता जंगमले मेलमिलाप गर्न दुबै पक्ष राजी हुँदा पनि नमानेर श्रेस्तेदारमाथि हातपात गर्न उत्रिएको बताइएको छ । श्रेस्तेदार घिमिरेले सामाजिक सञ्जालमाथि आफ्नो घाटी न्याकेको बताउनुभएको छ ।
पनौती नगरपालिका वडा नम्बर ४ का सेवाग्राही बुद्ध तामाङ र उहाँका श्रीमति गुणमाया तामाङबीच मुलुकी देवानी संहिता, २०७४ को दफा ९४ बमोजिम जिल्ला अदालत काभ्रेमा गत बर्ष २०७८ असार २२ गते सम्बन्धबिच्छेदको मुद्दा दायर भएको थियो । यो मुद्दा उक्त अधिवक्ता जंगमले हेर्थे ।अदालतमा दायर भएको मुद्दा समयमै फैसला नहुनुमा कानुन ब्यवसायीको पनि मुख्य भुमिका हुने गरेको कुरा घटना भने नौलो होइन ।
सम्बन्धविच्छेदको यो मुद्दा अन्तिममा श्रीमान श्रीमती मिलापत्र गर्ने सहमतिमा पुगे । जिल्ला अदालतले मेलमिलाप गर्न सक्ने सम्भावना रहेको मुद्दालाइ आपसी समझदारीमा मेलमिलाप गराउन पहल गर्दै पनि आइरहेको छ । हिजोपनि अदालतले सोही पहल गर्यो । श्रीमान श्रीमती मिल्न तयार भए । तर अधिवक्ता जंगमले उक्त मिलापत्र बिथोल्ने कोशिस गरे । जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराइको इजलासले तामाङ दम्पत्तिको मुद्दामा मेलमिलापको सम्भावना रहेको भन्दै श्रेस्तेदार गोबिन्द प्रसाद घिमिरेलाई मेलमिलाप कर्ताको रुपमा तोकेको थियो ।
श्रेस्तेदार घिमिरेले पक्ष र बिपक्ष (पिडित–पिडक) बिच महत्वपूर्ण छलफल गर्नुभयो । मेलमिलाप गर्न दुबै पक्ष तयार भए । मिलापत्र लेख्दै गर्दा एक्कासि श्रेस्तेदारकै कार्यकक्षमा प्रवेश गरेर अधिबक्ता जंगमले यो केश कुनै पनि हालतमा मिल्नु हुँदैन भन्दै घिमिरेमाथि हातपातको प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
श्रेस्तेदार घिमिरेले उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा लेख्नुभएको छl उनि लेख्छन : तर छदमभेषीहरु २ रुपियाँको स्वार्थमा मेलमिलापकर्ताको आब्रो तोड्छन् र मेलमिलाप हुन दिँदैनन् ।आज त घाटी नै न्याक्न आए एउटा महान विद्वान । इजलासले फलानोलाई मेलमिलापकर्ता भनेर तोकेको छ । पक्षहरु मन्जुर छन् तर पक्ष मिलेको विषयमा व्यवधान गर्नेको प्रमाणपत्र रद्ध हुने कानूनी व्यवस्था होस्’।