रास्वपाबाट तनहुँ १ मा स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का

Share:

काठमाडौँ/ तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का भएको छ ।१० वैशाखमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन रास्वपामा पार्टी भित्र नाम दर्ता गरेका २ जनाले नाम फिर्ता लिए पछि वाग्ले सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

 

उम्मेदवारको आकांक्षी रहेका इश्वर लामिछाने र डा. रुपक विक घिमिरेले नाम फिर्ता लिएपछि स्वर्णिम निर्विरोध उम्मेदवार चयन भएका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।आकांक्षी अन्य उम्मेदवारहरुबीच पार्टीमा भएको छलफलमा लामिछाने र घिमिरेले नाम लिन सहमत भएका हुन् ।

 

नेपाली कांग्रेस परित्याग गरि स्वर्णिम बिहीबार रास्वपामा प्रवेश गरेका थिए ।रास्वपाले पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा गरेर मात्रै उम्मेदवार छान्ने आफूहरूको नीति रहेको बताउने गरेको छ ।

 

यो पनि पढ्नुहोस् :

डा. स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गरेको घोषणा ,रास्वपा बाट उप निर्वाचन लड्ने चर्चा,रास्वपा संग छलफल गर्दै

Share: