मिटरब्याज पीडितको उपचारमा कमी हुन नदिन गृहमन्त्री श्रेष्ठले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन
काठमाडौँ/ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुको स्वास्थ्य अवस्थाबारे चासो राखेका छन् ।पीडितहरुको स्वास्थ्य अवस्था परीक्षण भइरहेको स्थल अनामनगरमा पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । यही १३ चैतदेखि काठमाडौंमा न्यायका लागि संघर्षरत उनीहरुको उपचारमा कमी हुन नदिन उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन पनि दिएका छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed