काग्रेसमा देउवाको दाउ पाटि जिताउन जोशीको कारबाही फुकुवा , कारवाही फुकुवाले तनहुँ १ आफ्नो पोल्टामा ल्याउने दाउ

Share:

काठमाडौँ/तनहुँमा नेपाली कांग्रेसका दुई हस्ती थिए गोविन्दराज जोशी र रामचन्द्र पौडेल । दुवैकोको ठूलो भन्ने प्रतिष्ठाको लडाइ थियो । तर, २०७४ सालको निर्वाचनमा जोशीले कांग्रेसबाट टिकट पाएनन् । नपाएपछि उनी नेता रामचन्द्र पौडेलसँग बागी लड्न स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।जोशी बागी उठेपछि आफूले पराजय व्यहोर्ने डरले नेता पौडेलले सभापति देउवासँग बार्गेनिङ गरेर निर्वाचन आयोगबाट जोशीको उम्मेदवार रद्द गरिदिए । पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारबाही गराए ।

 

जोशी २०७९ मा भने पौडेलसँग स्वतन्त्र लडे । तनहुँ १ मा पौडेल निर्वाचित हुन २५ हजार ६ सय ६१ मत प्राप्त गर्दा जोशीले ६ हजार ८ सय ८५ मत पाए ।उनै जोशीलाई कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।अहिले पौडेल राष्ट्रपति बनेर का)ग्रेसबाट अलग भएपछि सभापति शेरबहादुर देउवाले जोशीलाई पार्टीमा कारबाही फिर्ता गरेर भित्रयाएका छन् । पौडेलसँगको व्यक्तिगत लडाइँकै कारण देउवाले पौडेलकै कुरा सुनेर राजनीति सकिदिएका जोशीलाई अहिले सान्तोदा दिने काम गरेका छन् ।

 

अघिल्लो निर्वाचनमा पौडेलकै कुरा सुनेर प्रधानमन्त्री देउवाले दबाबमा निर्वाचन आयोगलाई जोशीको उम्मेदवारी खारेज गर्न लगाए । जोशीको उम्मेदवारी नै खारेजले पौडेललाई बचाउन सकेन । पौडेल तत्कालिन एमाले उम्मेमदवार किष्णकुमार श्रेष्ठसँग पराजित भए ।अहिले जोशीको समर्थन नभए उपचुनावमा गोविन्द भट्टराईलाई जित्न कठिन हुने देखिएपछि देउवाले जोशीको कारबाही फुकुवा गरिदिए । भट्टराईसहित तनहुँका नेताहरूको आग्रहमा जोशीलाई कारबाहीमुक्त गर्ने निर्णय भएको हो ।

 

कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको बेलामा प्रभावशाली रहेका जोशीलाई उनको निधनपछि साइड लगाउने काम भएको थियो । बिस्तारै पार्टीमा पौडेलको बोलबाला र पौडेलले भनेको लाग्ने भएपछि कारबाही गरेरै पार्टीबाट बाहिर्‍याउने काम भयो ।अहिले पौडेल राष्ट्रप्रमुख भएपछि भने जोशीलाई पार्टीभित्र भित्र्याउने काम देउवाले गरेका छन् । त्यो पनि उपनिर्वाचनमा पार्टीले पराजय व्यहोर्ने हो कि भन्ने डरले मात्र पाटीमा जोशीलाई पुन ल्याईएको धेरैले अडकल लगाउन थालेका छन् ।

 

Share: