
काठमाडौँ/धादिङको खनियाबास गाउँपालिका स्थित बच्छलादेवी माध्यामिक विद्यालय श्रोत केन्द्रबाट माध्यामिक शिक्षा परिक्षा (एसइइ) परिक्षा दिन आएका एक जना नक्कली विद्यार्थी पक्राउ परेको छ ।खनियाबास गाउँपालिका वृचेत माध्यामिक विद्यालयका परिक्षार्थी राज तामाङको सट्टा परिक्षा दिइरहेको अवस्थामा सन्जय लामालाई पक्राउ गरिएको हो ।
परिक्षालाई मर्यादित बनाउन अनुगमन गर्ने क्रममा केन्द्राध्यक्ष चित्र बहादुर गुरुङ सहितको टोलीले नक्कली परिक्षार्थीले परिक्षा दिइरहेको अवस्थामा भेटिएको जिल्ला शिक्षा समन्वय इकाइ धादिङका प्रमुख राजेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
शिक्षा ऐन २०२८ को नियम अनुसार परिक्षा दिएमा १ लाखसम्म जरिवाना अथवा छ महिनासम्म कैद वा दुवै सजाय हुने र सोही अनुसार मुद्धा दर्ता भएर अघि बढ्ने उहाँले बताउनुभयो । राज तामाङको ग्रेड वृद्धिका लागि आज दिइएको परिक्षा पनि रद्द भएको उहाँको भनाई छ ।