कांग्रेसका पूर्व नेता जगन्नाथले रबि लामिछानेलाई समर्थन गर्ने

काठमाडौँ/भरतपुर् महानगरमा मेयरका लागि स्वतन्त्र उमेद्वार रहेका जगनाथ पौडेल ले रबि लामिछानेलाई समर्थन गर्ने भएका छन्। नेपाली कांग्रेसका पूर्व नेता जगन्नाथ पौडेलले वैशाख १० गतेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने घोषणा गरेका छन् ।पौडेलले चितवन–२ मा हुने उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।   छोटो समयमा देशले रुपान्तरण खोजेकाले त्यसका लागि स्वतन्त्र पार्टीको समूह मात्रै सक्षम रहेको पौडेको भनाइ छ।‘देशको रुपान्तरणका लागि ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ। यसका लागि स्वतन्त्र पार्टीहरुको समूह भए मात्रै देशले निकास पाउँछ,’ पौडेलको दाबि छ।   यो पनि पढ्नुहोस :     रबिले गराए उमेद्वारी दर्ता ,अनौठो लागेको छ : लामिछाने