
काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध युवराज पौडेल (सफल) ले सर्वोच्चमा पेश गरेको रिट दर्ता भएको छ ।लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध पौडेलले आइतबार पेश गरेको रिट सोमबार दर्ता भएको हो ।
रिटउपर पहिलो सुनुवाइका लागि भोलि पेशी तोकिएको छ ।सफलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो । चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।
यो पनि पढ्नुहोस :
कांग्रेसका पूर्व नेता जगन्नाथले रबि लामिछानेलाई समर्थन गर्ने
यो पनि पढ्नुहोस :