सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा वडा सचिव जैसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Share:

काठमाडौँ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा जाजरकोटको छोडागाड नगरपालिका–१२ का तत्कालिन वडा सचिव देवीलाल जैसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

उनले आर्थिक् वर्ष २०७५/०७६ को पहिलो, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नक्क्ली लाभग्राही खडा गरेर २ लाख ७३ हजार ४०० रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।

 

अख्तियारले छेडागाड नगरपालिका–१२ कै वडा कार्यालयका प्रशासन सहायक रत्नबहादुर कार्कीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

Share: