रवि लामिछानेको राहदानी मुद्दाको पेसी न्यायाधीश फुयालको एकल इजलासमा

काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दाको पेसी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ। लामिछानेको मुद्दाको पालो आठौँ नम्बरमा परेको सर्वोच्च अदालतले जनाएको छ। आज मुद्दाको सुनुवाइ हुने सम्भावना रहेको छ।लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी मंगलबार परे पनि उक्त मुद्दा हेर्न नमिल्ने भन्दै आजका लागि सारिएको हो।   हिजो न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा रहेर लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ गरिसकेकाले उनको अर्को मुद्दाको सुनुवाइमा बस्न नमिल्ने भन्दै अस्वीकार गरेका थिए।रविविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चल्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो। लामिछानेले राहदानी दुरुपयोग गरेको भनेर परेको उजुरीका सन्दर्भमा … Continue reading रवि लामिछानेको राहदानी मुद्दाको पेसी न्यायाधीश फुयालको एकल इजलासमा