लघुवित्तका कर्मचारीले सेवाग्राहीमाथि हातपात गरेको आरोप,प्रहरीले अनुसन्धान गर्दै

Share:

काठमाडौँ/फरवार्ड लघुवित्त वित्तीय संस्थाको कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सेवाग्राहीमाथि हातपात गरेको आरोपमा मंगलबार बेलुका नियन्त्रणमा लिएर छाडेको हो ।बुढीगंगा गाउँपालिका-२ स्थित गंगा चोकमा मंगलबार फर्वाड लघुबित्तकी कर्मचारी अनिता थनदारले लघुवित्तकी सेवाग्राही ३५ वर्षीय गौरा खवासलाई हातपात गरेको आरोप छ ।

 

मंगलबार बेलुका हातपात गरेको भन्दै भेला भएका स्थानीयले होहल्ला गरेपछि इलाका प्रहरी कार्यालय नेमुवाबाट पुगेको प्रहरी टोलीले थान्दारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङ ल्याएको थियो ।

 

 

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले विवाद गर्ने दुवैलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा ल्याएर बुधबार (आज) आउने गरी छाडिएको बताए ।सेवाग्राही र कर्मचारीको विवादका विषयमा दुवै पक्षलाई बोलाएर अनुसन्धान भइरहेको उनले बताएका छन् ।

 

Share: