पाँच दिनको उपचार पछि राष्ट्रपति पौडेल डिस्चार्ज

152
0
Share:

काठमाडौँ/पाँच दिनसम्म उपचार गरेर राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । पेटमा समस्या देखिएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका पौडेल बुधबार दिउँसो शीतल निवास फर्केका हुन् ।

 

पौडेलको उपचारमा डा. निरज बम संलग्न थिए । शीतल निवासमा भिडभाड र भेटघाट बढी भएकाले राष्ट्रपतिलाई अस्पतालमै बसेर स्वास्थ्यलाभ लिन चिकित्सकले सल्लाह दिएका थिए । अहिले पौडेलको अवस्था सामान्य छ ।

 

Share: