आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री शाह

Share:

काठमाडौँ/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेको अवस्थामा आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण बन्दै गएको बताउनुभएको छ ।धनगढी उपमहानगरपालिका–१३ राजपुरमा आज प्रादेशिक आयुर्वेद चिकित्सालय भवनको उद्घाटन गर्दै उहाँले दिन प्रतिदिन आयुर्वेद चिकित्सा प्रणालीतर्फ सबैको आस्था बढ्दै गएको बताउनुभयो ।

 

उहाँले प्रदेश सरकारले प्रादेशिक आयुर्वेद चिकित्सालयका लागि आवश्यक बजेट विनियोजन गरी संरचनात्मक र आवश्यक जनशक्तिको व्यवस्था गर्ने बताउनुभयो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूर्व बजेट छलफल गरिरहेको जनाउँदै उहाँले जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखिने बताउनुभयो ।

 

पचास शैय्याको चिकित्सालय रु ३४ करोड लागतमा निर्माण गरिएको हो । चिकित्सालयबाट ल्याब, ओपीडी, पूर्वकर्म, पञ्चकर्म लगायतका सेवा प्रदान भइरहेका छन् । चिकित्सालयमा पेट समस्या, पाइल्स, फिस्टुला, बाथ लगायतका उपचार हुने गरेको जनाइएको छ ।

 

Share: