
काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दाको बहस सकिएको छ । राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा आज सुनुवाइ भएको छ ।निवेदकको तर्फबाट बहसको क्रममा वकिल रमण कर्णले प्रक्रिया त्रृटि भन्नू कानून नमानेको हुने बताए । उनले भने, ‘उहाँले प्रक्रिया त्रृटि भएको स्वीकार्नुभएको छ । त्यो भनेको कानून नमानेको हुन्छ ।’
विदेशी नागरिकताकै आधारमा राहदानी लिएको कसूर पुष्टि भएकाले कसूर हुने अर्का अधिवक्ता वासुदेश शर्माले बताए ।
यस्तै, अधिवक्ता राधिका खतिवडा नागरिकता अवैध भएपछि राहदानी वैध हुन नसक्ने जिकिर गरिन् । उनले लामिछानेबाट राहदानी दुरुपयोग भएको बताइन् ।
अर्का अधिवक्ता सुरेन्द्र भण्डारीले पनि महान्यायधिवक्ताको निर्णय रिभ्यू हुनसक्ने बताए । उनले भने, ‘निस्सा सरकारलाई पेश गरेका छैनन् । झुटा विवरण बुझाएको प्रमाणित हुन्छ । राहदानी मुद्दामा एक रुपैयाँ जरिवाना तोकेपनि उम्मेदवार हुन योग्य हुँदैन ।’
भण्डकारीको बहसमा न्यायाधिश हरि फुयालले पनि सहमति जनाएका थिए । तर, सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरि सकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर गरेका थिए ।
यो समाचार पढ्नु भो ? :
लामिछाने विरुद्ध परेका ३ दाबि विरोधका उजुरी खारेज, उम्मेदवारी कायमै
यो पनि पढ्नुहोस् :
राहदानी दुरुपयोग विरुद्धको मुद्दाको सुनुवाइ सकियो , आजै आदेश आउने