वडा कार्यालयमा उपभोक्ताले लगाए ताला

Share:

काठमाडौँ/काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा न ६मा आज स्थानियले तालाबन्दि गरेका छन्। ढल निर्माणमा वडा कार्यालयले कुनै समन्वय नगरेको भन्दै स्थानीय उपभोक्ताले बनेपा नगरपालिका वडा नम्बर ६ को कार्यालयमा तालाबन्दी गरेका छन् । श्रीखण्डपुर मार्ग दल नाली सहित पक्की सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मन कुमारी लामा सहितका उपभोक्ताहरुले आज वडा कार्यालयमा पुगेर तालाबन्दी गरेका हुन् ।

 

श्रीखण्डपुर मार्ग सडक स्तरोउन्नतीका लागि प्रदेश बागमती बजेटबाट गर्न लागिएको ट्रेन निर्माण कार्यमा स्थानीय समुन्द्र काजी श्रेष्ठ (छ्याङ्के माइला) ले थाक धम्की सहितको अवरोध सिर्जना गरेको र उक्त कार्यलाई निरन्तरताका लागि आवश्यक पहल गरी पाउँ भनी सम्बन्धित निकायमा घच्घच्याउँदा कुनै सुनुवाई नभएकाले तालाबन्दी गर्नु बाध्य भएको विज्ञप्तिमा भनिएको छ ।

 

यो सडक स्तरोउन्नतीका प्रदेश सरकारले १८ लाख रकम रुपैयाँ बजेट विनियोजन गरेको छ । विंस २०१५ सालमा निर्माण गरिएको यो सडक बनेपा नगरपालिकाभित्रका पुरानो सडकभित्र पर्छ । ११ मिटर चौडाई रहेको यो सडकमा यो पटक ढल र ड्रेनकाम सकाउने गरी काम शुरु गरेको उपभोक्ता ज्ञानेन्द्र स्याङ्तानले बताउनुभयो ।

 

‘अर्को आर्थिक वर्षमा पिच गर्ने गरी यो वर्ष हामीले ढल र ड्रेनको काम थालेको थियौँ । तर समुन्द्र काजी श्रेष्ठले आफ्नो मात्रै जग्गामा सडक खनेको भन्दै पटक पटक धाकधम्की दिएर काम रोक्ने प्रयत्न भयो । हामीले यो कामा सहजीकरण गर्न वडा अध्यक्षलाई पनि जानकारी गराएका थियौँ । सुनुवाई नभएपछि तालाबन्दी गरेका हौँ ।’ उपभोक्ता ज्ञानेन्द्रले भन्नुभयो ।

 

समुन्द्र काजी श्रेष्ठले आफ्नो मात्रै जग्गामा सडक खनेको भन्दै जिल्ला अदालतमा मुद्धा दर्ता गराएको बताइएको छ । उक्त क्षेत्रमा श्रेष्ठको १४ रोपनी जग्गा रहेको बताइएको छ । जतिसक्दो छिटो यो विषयमा छिनोफानो गरी सडक स्तरोउन्नतीको कार्यलाई निरन्तरता दिने सौहार्दपूर्ण वातावरण निर्माण गरिदिन स्थानीयले माग गरेका छन् । उक्त विषयको टुङ्गो नलाग्दासम्मलाई वडामा लागेको तालाबन्दी नखुल्ने स्थानीयले बताएका छन् ।

 

 

 

Share: