
काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले देश विदेशबाट ऋण ल्याएर संघीयता पाल्न नसकिने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले भने, ‘आज संघीयता कार्यकर्ता भर्ती गर्ने कहीँ नअटेको व्यक्तिलाई सांसद बनाउने प्रवृत्ति बढ्यो । देश विदेशबाट ऋण ल्याएर संघीयता पाल्न सकिँदैन ।’
देशको बढ्दो ऋण र युवा पलायनको विषयमा सरकारले जवाफ दिनुपर्ने उनले बताए ।