१० हजार कित्तासम्म आवेदन दिन सकिने आईपीओ वैशाख ४ देखि ७ गतेसम्म खुल्दै

Share:

काठमाडौँ/मेन्छियाम हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँको १६ लाख २७ हजार ७५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

 

जसमा ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २२ हजार ४३९ कित्ता सेयर कर्मचारीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

आईपीओमा वैशाख ४ देखि ७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख १९ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।

 

आईपीओमा सी–आस्वा सदस्य रहेको बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

 

Share: