सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनवाइ हुने

Share:

काठमाडौं/क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुने भएको छ । आज तोकिएको पेसी जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ ।

 

यसअघि दुईपटक तोकिएको पेशी लगातार स्थगित भएका थिए । गत बिहीबार तोकिएको पेशीलाई सुनवाइ गर्न समयअभावका कारण नभ्याइनेमा राखिएको थियो ।

 

आजको पेशीमा भने सुनवाइ हुने लगभग निश्चित छ । जिल्ला अदालतको २ नम्बर इजलासमा परेको पेशी ३ नम्बरमै पालो परेको छ । आजै फैसला भने नआउन सक्छ ।

Share: