कर्णाली सरकारबाट बाहिरियो एमाले , तिन मन्त्रीले नै बुझाए राजिनामा

Share:

काठमाडौं/कर्णाली प्रदेश सरकार नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएको सामाजिक विकासमन्त्री टेकराज प्रसाईँले बताएका छन् ।

 

कर्णालीमा एमालेका तीन मन्त्री छन् ।कर्णाली सरकारमा सामाजिक विकासमन्त्री प्रसाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह छन् ।

 

यहाँ एमाले-माओवादीबीच आलोपालोमा मुख्यमन्त्री चलाउने गरी सुरूमा राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए ।केन्द्रमा गठबन्धन फेरिएसँगै कर्णालीमा एमाले सरकारबाट बाहिरिएको हो ।

 

 

Share: