सुन र चाँदीको मूल्य घट्यो (आजको कारोबार मूल्य सहित)

Share:

काठमाडौं/सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुन सोमबार ७०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

 

उता, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

तेजावी सुनको मूल्य भने तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो ।सोमबार चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर तोलाको १४ सय ३० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलाको १४ सय ४० मा खरिदबिक्री भएको थियो ।

 

Share: