
काठमाडौं/नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान र्अतन्त्रको संकट समाधानका लागि बृहत राष्ट्रिय विमर्स गर्नु पर्ने बताएका छन् ।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभामा बोल्दै उनले सरकारसँग बृहत राष्ट्रिय विमर्स गर्नु पर्ने बताएका हुन् । उनले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नु पर्ने बताए ।
उनले सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा बृहत राष्ट्रिय विमर्स गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनु पर्ने आवश्यकता रहेको बताएका हुन् ।उनले अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहान गर्नु पर्ने बताएका थिए ।