मालपोत कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Share:

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिनाको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर हुनेहरूमा प्रमुख प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

 

तत्कालिन कार्यालय प्रमुख पोखरेलले ९३ लाख ६६ हजार २०९ हिनामिना गरेको अख्तियारको दाबी छ । त्यस्तै, तत्कालीन कार्यालय प्रमुख विश्वकर्माले १ लाख ४१ हजार ८२५ रुपैयाँ, तत्कालिन नायब सुब्बा गुप्ताले ९५ लाख ८ हजार ३४ रुपैयाँ, तत्कालीन लेखापाल चौधरीले पनि ९५ लाख ८ हजार ३४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

 

Share: