रवि लामिछानेले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै, अडियो प्रकरणबारे निर्णय सार्वजनिक गर्ने

Share:

काठमाडौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे पार्टीको अनुशासन आयोगले छानबिन गरी बुझाएको प्रतिवेदन र निर्णय बारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको जनाइएको छ ।

 

रास्वपाको केन्द्रीय समितिको बैठक दिउँसो २ बजे पार्टी कार्यालय बसुन्धरामा बस्दैछ । बैठकबाट निर्णय निक्लेपछि पत्रकार सम्मेलन गर्ने तयारी छ ।दुर्गा प्रसाईंसँग रास्वपाका सांसाद ढाका कुमारले २ करोड रकम मागेको अडियोको आवाज आफ्नो नभएको दाबी गर्दै आएका छन ।

 

यो समाचार पढ्नु भयो ?

‘फोन टेप’ बाहिरिए पछि सांसद श्रेष्ठलाई रास्वपाले गर्यो निलम्बित, थप अनुसन्धान पाटीले गर्ने

Share: