२२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६२ वर्षीय जेष्ठ नागरिक पक्राउ

Share:

काठमाडौ/२२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना जेष्ठ नागरिक समातिएका छन् ।तेह्रथुमको छथर गाउँपालिका-६ सुदापका ६२ वर्षीय गोपाल गुरुङलाई बलात्कार अभियोगमा प्रहरीले आज पक्राउ गरेको हो ।

 

गुरूङले ती युवतीलाई ललाई फकाई गत भदौदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

अस्थायी प्रहरी पोष्ट ओख्रेबाट खटिएको प्रहरीले गुरुङलाई समातेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share: