अडियो प्रकरण :यो निर्वाचन फन्डा हो ,न्यायालय बाट नै क्लिन चिट लिएर आउछु

काठमाडौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गरेका छन्। उनले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सत्य नभएको बताए।पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अडियो इडिट गरेर बनाएको बताए। उनले आफू हिजो बाटै न्यायालयमा गैसकेकाले क्लिन चिट लिएर आउने बताए।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे पार्टीको अनुशासन आयोगले छानबिन गरी बुझाएको प्रतिवेदन र निर्णय गर्न आज केन्दिय समितिको बैठक बसेको थियो।     बैठक पछि अडियो प्रकरणका बारेमा बोल्दै संसद ढाका कुमार श्रेष्ठले यो हाम्रो पाटीलाई फसाउन र उप निर्वाचनमा हामीलाई पराजित गर्ने फण्डको रुपमा यस अडियोलाई लिएको उनको … Continue reading अडियो प्रकरण :यो निर्वाचन फन्डा हो ,न्यायालय बाट नै क्लिन चिट लिएर आउछु