उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत

Share:

काठमाडौं/नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।बुधबार भएको निर्वाचन वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका थिए ।

 

पहिलो चरणबाट रामचन्द्र संघाईं बाहिरिएपछि आज २ बजेका लागि दोस्रो चरणको निर्वाचन तय भएको थियो । तर वरिष्ठ उपाध्यक्षमा सहमतिको प्रयास गर्ने भन्दै निर्वाचन अपराह्न ४ बजेका लागि सारिएको थियो ।

वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवारबीच सहमति खोज्ने प्रयासमा निवर्तमान अध्यक्ष र पूर्वअध्यक्षहरु जुटेका थिए ।

Share: