हाफ म्याराथन २०२३ को उपाधि नेपाल आर्मीका पालले हात पारे

207
0
Share:

काठमान्डौ/धनगढी हाफ म्याराथन २०२३ को उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले हात पारेका छन् ।नयाँ वर्षको अवसरमा शुक्रबार भएको म्याराथनमा पालले १ घण्टा ४ मिनेट ४८ सेकेन्डमा २१.१ किलोमिटर पार गरेर उपाधि हात पारेका हुन् ।

 

उनले नगद ५५ हजार ५५५ प्राप्त गरेका छन् ।म्याराथनमा द्वितीय भएका नरेन्द्रसिंह रावलले १ घण्टा ७ मिनेट २३ सेकेन्डमा २१.१ किलोमिटर पार गर्दा सन्तोषविक्रम विष्टले तृतीय स्थान हासिल गरे ।

 

 

म्याराथनमा द्वितीय भएका रावलले ३३ हजार ३३३ र तृतीय विष्टले २२ हजार २२२ नगद पुरस्कार प्राप्त गरेका छन् ।

Share: